स्वास्थ्य २७ फाल्गुन २०७९
नेपालमा आज सात जनामा कोरोना संक्रमण पुष्टि

ओमकार टाइम्स

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।  शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार