मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

समाचार २५ चैत्र २०८०
भिटामिन 'डी'को अत्यधिक सेवन खतरनाक छ ?

एजेन्सी

लन्डन । अत्यधिक भिटामिन 'डी'को सेवन गर्दा बेलायतमा एक जना पुरुषको मृत्यु भएको छ । गएको वर्ष त्यहाँ ८९ वर्षीय व्यापारी डेभिड मिशनरको मृत्यु भएको  थियो । अत्यधिक मात्रामा भिटामिन 'डी'को सेवनका कारण उनलाई हाइपरकलसिमिया भएको थियो । शरीरमा भिटामिन डीको मात्रा उच्च स्तरमा पुगेपछि सन् २०२३ को मे १० मा मिशनलाई इष्ट सर्रे हस्पिटलमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार उनको शरीरमा भिटामिन 'डी'को मात्रा नाप्न सकिनेमध्ये सबैभन्दा धेरै थियो । उनको मृत्युमा भिटामिन 'डी'को विषाक्ततालाई मुख्य कारकको रूपमा उल्लेख गरिएको छ । यसबाहेक उनलाई मुटुको रोग, क्रनिक किड्नी फेलियर हाइपरकलसिमिया मृत्युको अन्य कारणहरू थिए । मृत्यु अघि गरिएको परीक्षणमा मिशनरको शरीरमा भिटामिन डीको स्तर ३८० एनजी÷एमएल थियो । यो भनेको प्रयोगशालामा रेकर्ड गर्न सकिने सबैभन्दा उच्च स्तर हो । हड्डीको स्वास्थ्य ठिक रहन हाम्रो शरीरमा २० एनजी-एमएल भिटामिन 'डी' भए पर्याप्त हुने इन्ष्टिच्यूट अफ मेडिशिन (आईओएम)ले अनुमान गरेको थियो ।

मिशनरको मृत्युले पूरक भिटामिन 'डी' धेरै खाँदा स्वास्थ्यमा उत्पन्न गराउन सक्ने गम्भीर जोखिम र साइड इफेक्टहरुबारे चिन्ता बढाएको छ । हाइपरकलसिमिया दुर्लभ तर गम्भीर स्वास्थ्य समस्या हो । यसले हाडलाई कमजोर बनाउँछ अनि मिर्गौला र मुटुमा क्षति गराउँछ । भिटामिन 'डी' क्याप्सुलको अत्यधिक सेवनका कारण यो रोग निम्तिन्छ । कोभिडयता प्रतिरक्षा प्रणाली बढाउन विश्वभर भिटामिन डीको खपत बढ्दा चाहिने भन्दा बढी भिटामिन डी खाइने स्थिति बढेको छ । तर अमृत पनि धेरै खायो भने विष बन्छ भन्ने हेक्का राख्न भने जरुरी छ ।

प्रतिक्रिया