समाचार ३ पौष २०७९
जापानमा १ जना नेपालीको मृत्यु

ओमकार टाइम्स

टोकियोमा बस्ने भोजपुरका ४२ वर्षीय दिवश राई शनिबार राति मृत अवस्थामा फेला परेका छन् । उनी टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका थिए । नेपालमा भोजपुर-४ का रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रामप्रसाद राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएका र तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीले जिम्मा लिए लगत्तै आवश्यक सबै सोधपुछ र अनुसन्धान पछि राईको पार्थिव शरीर अहिले पोष्ट मार्टमका लागि अस्पतालमा लैजाँदै गरेको पारिवारिक निकट स्रोतले जनाएको छ ।

राईको मृत्युको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। स्वर्गीय राईकी नेपालमा ७ वर्षीय एक छोरी छिन् ।

प्रतिक्रिया