मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार ६ श्रावण २०८०
घटनाप्रति दुःख व्यक्त गर्दै एलओडीले भन्यो– कानुनलाई पालना गरी व्यवसाय गरेका छौँ

ओमकार टाइम्स

काठमाडौँ । ठमेलस्थित एलओडी क्लबले कानुन भन्दा माथि कोही पनि नरहने बताएको छ । कानुनको परिधिभित्र रहेर व्यवसाय गरेको क्लबले प्रस्ट पारेको छ ।  केही साताअघि एलओडी क्लबमा आएकी किशोरीलाई एक पुरुषले ललितपुरमा लगी बलात्कार गरेका थिए ।

सोही घटना सार्वजनिक भएपछि नाबालिग किशोरीलाई प्रवेश दिएको भन्दै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनापछि क्लबले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै किशोरीमाथि भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । पीडित र परिवारप्रति क्लबको सदा साथ रहने प्रतिबद्धता जाहेर गरेको छ ।

क्लबले कानुनको पालना गर्न सधैँ तयार रहेको बताएको छ । ‘हामी कानुन भन्दा माथि छैनौ । कानुनको परिधिभित्र रहेर व्यवसाय गरेका छौ र गर्नेछौ । हरेक कुराको सुरक्षा गर्न क्लब कटिबद्ध छौ । हामी आफूलाई जबाफदेही बनाउँछौँ,’ विज्ञप्तिमा लेखिएको छ ।

उक्त घटना क्लब परिसरमा नभएको स्मरण गर्दै केही कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको विज्ञप्तिमा उल्लेख छ । घटना क्लबभित्र भएको भए त्यसको सम्पूर्ण जिम्मा लिन सदा तयार छौ । कानुनको पालना गर्दागर्दै कोही बेला हामीबाट थोरै चुक्न पुगेको र यसमा क्षमा चाहेको समेत क्लबले बताएको छ ।

क्लबका अनुसार १८ वर्षमाथिकालाई प्रवेश अनुमति छ । कुनै पनि नाबालिग किशोर-किशोरीलाई क्लबमा प्रवेश गर्न अनुमति छैन । उमेर खुल्ने परिचय पत्र अनिवार्य छ । कर्मचारीले आवश्यक र शङ्का लागेमा ग्राहकलाई जुनसुकै समयमा परिचयपत्र माग्न सक्छन् ।

‘एलओडीले सधैँ आफ्ना कर्मचारी र ग्राहकको सुरक्षालाई प्राथमिकतामा राखेको छ । क्लबले ग्राहकलाई अतिथि र कर्मचारीलाई परिवार सम्झेर व्यवहार गरिरहेको स्मरण गराएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार