मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समसामयिक ९ श्रावण २०८०
सारुकको निधनपछि के हुन्छ ‘ह्यासट्याग माया’ ?

ओमकार टाइम्स

काठमाडौँ । फिल्म ‘ह्यासट्याग माया’को निर्माण कार्य अहिले रोकिएको छ । अभिनेता सारुक ताम्राकारको आत्महत्यासँगै  फिल्मको सम्पूर्ण कार्य रोकिएको हो । फिल्म अव निर्माण हुन्छ, हुँदैन । अहिले भन्न सक्ने अवस्था छैन ।

सारुको निधनको दिनसम्म फिल्म छायाङ्कनमा थियो । फिल्मको लगभग ३५ प्रतिशत छायाङ्कन सकिएको थियो । सारुकको निधनपछि फिल्म फेरि पुरै छायाङ्कन गर्नुपर्ने चुनौती निर्माण युनिटलाई छ । फिल्मका निर्देशक राजीव गुरुङ हुन् ।

निर्देशक गुरुङ भने फिल्म निर्माण पुरा गर्ने सोचमा छन् । फिल्मको कलाकारदेखि प्राविधिकसम्मको लगानी भएकोले आफू चलचित्रलाई पूर्णता दिने पक्षमा रहेको निर्देशक गुरुङले बताए । ‘फिल्म निर्माणको विषयमा म साथीहरूसँग छलफलमा छु । सम्भवतः फिल्म निर्माण हुन्छ’, गुरुङले थपे ।

फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिकामा छिन् । फिल्ममा रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायत पनि कलाकारको रूपमा छन् ।

फिल्मका कार्यकारी निर्मातामा अनुप पौडेल हुन् । फिल्म निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखेका हुन् ।

प्रतिक्रिया