मुख्य समाचार
तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान | नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाईयो | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा | नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु | प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी | भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर |

मनोरञ्जन १२ वैशाख २०८०
‘प्रसाद २’ लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया

ओमकार टाइम्स

काठमाडौँ । ‘प्रसाद २’ आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको सोमबार कमलपोखरी स्थित बिगमुभिजमा प्रिमियर गरिएको छ । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक नरेश पौडेल, ज्ञानेन्द्र देउजा, प्रदीप भट्टराई, निर्माता कलाकार निर्मल शर्मा, रवीन्द्र सिंह बानिया, अभिनेत्री रेखा  थापा, निर्देशक दिनेश डिसी, शोभित बस्नेत लगायत थुप्रै फिल्मकर्मी र रंगपत्रकारको प्रिमियरमा बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । प्रिमियरमा सहभागी धेरैले कलाकारको अभिनयको तारिफ गर्दा कतिपयले पटकथा र प्रस्तुतीकरणमा समस्या देखाए । फिल्मको सङ्गीतले समेत तारिफ पायो । 

पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत तथा ब्याग्राउन्ड स्कोर रहेको छ । फिल्मका निर्माता सुवास थापा हुन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले निर्देशक सुदर्शन थापा हरेक जनराका फिल्म उत्कृष्ट बनाउन सक्ने भन्दै ‘प्रसाद २’ राम्रो भएको प्रतिक्रिया दिए । अभिनेत्री रेखा थापाले पनि निर्देशक थापको कामको प्रशंसा गरिन् । उनले आफू निर्देशक सुदर्शन थापाको कामको सधैँ नै फ्यान भएको बताइन् ।

निर्देशक शोभित बस्नेत कलाकार अर्पण थापाको अभिनयको तारिफ गरे । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतको अभिनय छ । फिल्म सुवास थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार