मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार २५ माघ २०७९
साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

ओमकार टाइम्स

साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

ढाकामा लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ५-० गोलले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्‍यो। 

त्यसअघि नेपालले आफ्नो निर्णायक खेलमा भारतलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 

अब नेपाल र बंगलादेशबीच भोलि बिहीबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। 

नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिम प्रतियोगितामा सहभागी छन्।

लिग चरण सकिदा बंगलादेश अपराजित रहदै ७ अंक जोड्यो। बंगलादेशले भारतसँग बराबरी खेल्दा नेपाल र भुटानलाई हरायो। 

आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित नेपालले त्यसपछि भने भुटानलाई  र भारतलाई हराउँदै ६ अंक जोड्यो। लिग चरणमा शीर्ष टिम  र दोस्रो हुने टिमबीच उपाधि भिडन्त हुने नियमअनुसार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्न लागेका हुन्। 

भारतले भने भुटानलाई हराउँदा बंगलादेशसँग बराबरी र नेपालसँग हार बेहोर्‍यो। भुटानले भने तीनै खेलमा हार बोहोर्दा २१ गोल खायो।

प्रतिक्रिया