इमरान खानले आफूमाथि भएको हमलाका लागि प्रधानमन्त्री, गृहमन्त्री र पाकिस्तानी सेनाका एक जनरललाई जिम्मेवार ठहर गरेका छन् । इमरान खानलाई बिहीबार गुजरानवालामा एक आक्रमणकारीले गोली हानेर घाइते बनाएका थिए । यस हमलामा खानको पार्टीका एक कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए ।>
लाहोरको शौकत खानम अस्पतालबाट जनतालाई सम्बोधन गर्दै इमरान खानले तीन जनामाथि हमलाको प्रत्यक्ष आरोप लगाएका छन् । खानले प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र आईएसआई प्रमुख मेजर जनरल फैसल नसिरले उनको हत्याको षड्यन्त्र रचेको बताएका छन् ।>
पाकिस्तानी सेनाको मिडिया विंग आईएसपीआरले भने खानको आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनेको छ। ‘सेना र यसका अधिकारीहरू विरुद्ध झूटा आरोपका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गर्न पाकिस्तान सरकारलाई अनुरोध गरिएको छ,’ पाकिस्तानी सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ।>
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि खानको आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री शाहबाज सरिफले घटनाको दिन निन्दा गर्दै छानबिनको आदेश दिएका छन्।
बीबीसी
>