समाचार अपराध ७ कार्तिक २०७९
९ लाख रुपैयाँ सहित जुवा खेल्ने ६२ जना पक्राउ

ओमकार टाइम्स

 काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा ९ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले जुवा खेल्नेबाट ६ लाख २७ हजार २ सय ७० रुपैयाँ नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग २ लाख ८४ हजार सात सय रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार