मुख्य समाचार
भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर | पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने | आजको राशिफल : २०८० साल जेठ २५ गते बिहीबार | राजस्व कार्यालय दमक कै संरक्षणमा कर छलि गर्दै डेन्टल हस्पिटल | तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण | निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान | कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण | मेलम्चीमा ‘बेलिब्रिज निर्माण हुने | नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ? |

समाचार मनोरञ्जन ६ जेठ २०८०
रोहितको ‘फर्की फर्की’ मा अनमोल र जसिता फाइनल

ओमकार टाइम्स

काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको जोडी दर्शकले पर्दामा देख्न पाउने भएका छन् । निर्माता रोहित अधिकारीले बनाउन लागेको फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता जोडीको रुपमा देखिने भएका हुन् ।  निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत फिल्मका लागि अनमोल र जसिता फाइनल भएको जनाएका छन् । यो जोडी यस अगाडि भुवन केसीको निर्माण रहने फिल्म ‘एन्टी हिरो’ मा देखिने चर्चा थियो । फिल्म निर्माणको काम भने अगाडि बढ्न सकेन ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘फर्की फर्की’ सुयोग गुरुङले निर्देशन गर्दैछन् । सुयोगले यसअगाडि फिल्म ‘सानो मन’ निर्देशन गरेका थिए । फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु गर्ने तयारी रोहितको छ । तर, यदि पानीले दुःख दिएको खण्डमा भदौमा फिल्मको छायांकन पुग्नेछ । फिल्मको छायांकन नेपालकै बिभिन्न स्थानमा हुनेछ ।

रोहित लभ स्टोरी कथामा खगेन्द्र लामिछाने र दिव्या रायमाझीलाई लिएर नयाँ फिल्म ‘बरिष्ठ बलराम’ निर्माणको तयारीमा पनि छन् । रोहितको यो बर्ष तीन फिल्म निर्माण गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार