नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।>
अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। >
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।>
यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।>
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँ पुगेको छ।>
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। >
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।>
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।>
>
>
>>