मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार १७ भाद्र २०८०
गैँडाको खागजस्तो देखिने वस्तुसहित चार जना पक्राउ

ओमकार टाइम्स

काठमाडौँ । अवैध रूपमा गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका वडा नं। ७ बस्ने ३० वर्षीय प्रदीप मगर, रामेछाप मन्थली नगरपालिका वडा नं. ७ बस्ने ५० वर्षीय पूर्णसिंह तामाङ, काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं। १३ बस्ने ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं। १ बस्ने ३५ वर्षीय कर्ना तामाङ रहेका छन् ।

ब्यूरोको महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ हरहर महादेव स्थानबाट दुई जना तथा अनुसन्धानको क्रममा खुल्न आएका थप दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया