समाचार २१ फाल्गुन २०७९
ओलीको टिप्पणी- माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरेको होइन

ओमकार टाइम्स

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य नगरको दाबी गरेका छन् ।

आइतबार सुखानी सहिद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाए ।

‘नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । के को लागि मारिए त भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ । ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा ।’

उनले प्रश्न गर्दै भने, ‘६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला ? जनयुद्धबाट कब्जा त गरेको होइन होला त ? संविधानसभाकै लागि १६ हजार मान्छे मर्नुपर्छ र ?’


प्रतिक्रिया

सम्बन्धित समाचार