मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

मनोरञ्जन १८ श्रावण २०८०
वासुदेवले बनाए टेलिफिल्म ‘कर्कले मामाको चौतारी’

ओमकार टाइम्स

काठमाडौँ । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ निर्माण भएको छ । वासुदेव पोखरेलको लेखन तथा निर्देशनमा यो बनेको हो । घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेको टेलिफिल्म साउन २४ गतेबाट ओएसआरको युट्युब मार्फत सार्वजनिक हुनेछ ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्ममा निर्देशक पोखरेलको अलावा सुशील पोखरेल, प्रज्ञा जोशी, वासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रोज्ज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दीपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, नवराज लामिछाने, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

टेलिफिल्ममा एक रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ पनि राखिएको छ । दिलीप श्रेष्ठको स्वर  र अराज केशवको शब्द,सङ्गीत रहेको गीत समेत सार्वजनिक गरिएको छ । गीतमा टेलिफिल्मका कलाकार राज थापा, अविराज विसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’को अभिनय छ । गीतमा रोहन आशिभको कोरियोग्राफी छ ।

टेलिफिल्ममा दुई गाउँ कर्कले गाउँ र चिचिन्डे गाउँ बीचको प्रेम द्धन्दलाई प्रस्तुत गरिएको छ । सधैँ जमिन तिर मात्रै हेर्ने, साधारण मानिसले झैँ सीधा हेर्न नसक्ने, आकाशतिर टाउको उठाउनै नसक्ने बानी भएको असाधारण व्यक्तित्व व्यक्ति कर्कले मामाको कथामा टेलिफिल्म निर्माण भएको लेखक र निर्देशक वासुदेव पोखरेलले बताए ।

सिद्धार्थ गौतमको छायाङ्कन, क्यामुदिन मियाको सम्पादन रहेको टेलिफिल्ममा किशोर सुबेदी, विकास चौधरीको सङ्गीत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार