मुख्य समाचार
लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दै | असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध | सिएनएनका सीईओ क्रिस लिच्टले दिए राजीनामा | तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान | जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा | नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु | प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् |

इन्धन आयात १६ प्रतिशतले घट्यो

ओमकार टाइम्स

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार  रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ । 

अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ । 

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सुरुमा इन्धनको मूल्य बढेको र पछिल्लो समय आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी भएको जानकारी दिए । दस महिनामा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको उनले जानकारी दिए ।

गत वर्ष सो अवधिमा १४ लाख एक हजार ८०४ किलोलिटर डिजेल खपत भएकामा चालु आवको सो अवधिमा घटेर १० लाख ३६ हजार किलोलिटरमा झरेको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुनु र सीमानाकाको तुलनामा नेपालमा डिजेल, पेट्रोलको मूल्य कम भएकाले तस्करी नहुँदा खपतमा कमी आएको साहले जानकारी दिए । 

मुलुकमा आर्थिक सङ्कटका कारण विकास निर्माण पूर्ण रूपमा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ । निगमका अनुसार औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार