मनोरञ्जन ६ असार २०८१
महेश र अस्मिताले गरे इन्गेजमेन्ट

ओमकार टाइम्स

 गायक महेश काफ्लेले गायिका अस्मिता अधिकारीसँग इन्गेजमेन्ट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसको घोषणा गरेका हुन् ।

दुबईको बुर्ज खलिफाको सामुन्ने तस्बिर खिचाउँदै काफ्लेले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ।’

गायक काफ्ले र अधिकारी लामो समयदेखि प्रेम सम्बन्धमा थिए । अहिले उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका हुन् ।


प्रतिक्रिया