समाचार २६ मंसिर २०७९
अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति शेखर कोइरालाको आपत्ति

ओमकार टाइम्स

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको सर्बत्र बिरोध भएको छ । यसैक्रममा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज हुने गरि अध्यादेश ल्याउन लागेकोमा विरोध गरेका हुन्।

उनले अध्यादेशमार्फत् कानुन संशोधन गरेर अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका छन् ।

आफू अनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बंग्गयाउने छुट कसैलाई नभएको पनि उनले बताएका छन् । सँगसँगै यसले भोलिका लागि गलत नजिर बस्ने शेखर कोइरालाले उल्लेख गरेका छन् । यसअघि कांग्रेसका महामन्त्री दुई गगन कुमार थापाल र विश्वप्रकाश शर्माले पनि अध्यादेशको बिरोध गर्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार