मुख्य समाचार
सरकारले भन्यो- सामाजिक सञ्जाल दुरुपयाेग गर्नेलाई कारबाही गर्न कानून छैन, निर्देशिका बनाउँदैछौं | सामाजिक सञ्जालको भ्रामक सन्देशले सद्भाव भड्काउने अवाञ्छित गतिविधि हुनु चिन्ताजनक: गगन थापा | एउटै सर्पले दिदीबहिनीलाई डस्योः एकको मृत्यु, अर्काेको अवस्था गम्भीर | चाडपर्व लक्षित सुपथ मूल्यका पसल दुर्गम क्षेत्रमा पनि सञ्चालन गर्न सरकारलाई निर्देशन | मकवानपुरमा दूध बोक्ने ट्याङ्कर पल्टिँदा चालकको मृत्यु | प्रधानमन्त्री र कतारका राजदूतबिच भेटवार्ता | बेगनासतालमा एक युवक मृतावस्थामा फेला | सभामुख घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टनको भेट | जुम्लाका सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष निर्माण | ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, दावाको निर्देशनमा ल्याइँदै थियो सुन |

खेल २१ भाद्र २०८०
पछिल्लो दशकमा ट्रान्सफरमा सबैभन्दा धेरै खुद खर्च गर्नेमा युनाइटेड अगाडि, रियल बोर्नमाउथभन्दा पछि

ओमकार टाइम्स

काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पछिल्लो १० वर्षमा खेलाडीको खरिदमा सबैभन्दा बढी खुद खर्च गर्ने क्लबको सूचीमा शीर्ष स्थानमा रहेको छ । 

क्लबले खेलाडी बिक्री गरेको रकम घटाएर पनि खेलाडी खरिद गर्दा यो अवधिमा १ अर्ब १९ करोड पाउन्ड खर्च गरेको हो ।

सीआईईएस फुटबल अबजरभेटरीको रिपोर्टअनुसार सन् २०१४ यता युनाइटेडले नयाँ खेलाडीमा १ अर्ब ६७ करोड पाउन्ड खर्च गरेको छ भने खेलाडी बिक्रीबाट ४८.१ करोड पाउन्ड आम्दानी गरेको छ । यसक्रममा युनाइटेडले सन् २०१६ मा पाउल पोग्बालाई ८.९५ करोड, सन् २०१७ मा ७.५ करोडमा रोमेलु लुकाकु, सन् २०१९ मा ८ करोड पाउन्डमा खरिद गरेको थियो ।

खुद खर्च ८८.३ करोड पाउन्ड सहित चेल्सी दोस्रो स्थानमा रहेको छ भने ८६.३ पाउन्ड खर्चसहित फ्रेन्च क्लब तेस्रो स्थानमा रहेको छ । चेल्सीले यसबीचमा खेलाडीमा सबैभन्दा बढी २ अर्ब २५ करोड पाउन्ड खर्च गरेपनि उसले खेलाडी बिक्रीबाट १ अर्ब ३८ खर्ब पनि आम्दानी गरेको छ । सन् २०२३ मा भने खेलाडी खरिदबिक्रीमा चेल्सीको विश्वमै सबैभन्दा बढी ४७.६ करोड घाटा रहेको छ ।

आर्सनल र म्यानचेस्टर सिटी क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन् । शीर्ष २० मा १३ क्लब प्रिमियर लिगका रहेका छन् । प्रिमियर लिगले सन् २०१४ यता सबैभन्दा बढी ९ अर्ब ५० करोड पाउन्ड खर्च गरेको छ ।

खेलाडी खरिदमा नाफा रहेको लिगमा पोर्चुगिज प्रिमियएरा लिगा रहेको छ । लिगले खेलाडीको खरिद बिक्रीबाट १ अर्ब ९० करोड पाउन्ड आम्दानी गरेको छ ।

सन् २०१४ देखि २०२३ सम्म खुद खर्चअनुसार क्लबको सूची:

१. म्यानचेस्टर युनाइटेड

२. चेल्सी

३. पेरिस सेन्ट जर्मेन

४. आर्सनल

५. म्यानचेस्टर सिटी

६. न्युक्यासल युनाइटेड

७. बार्सिलोना

८. टोटनह्याम हटस्पर्स

९. एसी मिलान

१०. वेस्ट ह्याम युनाइटेड

११. एस्टन भिल्ला

१२. लिभरपुल

१३. अल–हिलाल

१४. युभेन्टस

१५. एभर्टन

१६. क्रिस्टल प्यालेस

१७. बोर्नेमाउथ

१८. बायर्न म्युनिख

१९. रियल मड्रिड

२०. नटिङ ह्याम फरेस्ट

प्रतिक्रिया