मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

समाचार ८ भाद्र २०८०
शिवराज नगरपालिकाका कर्मचारीले बुझे साढे ८ लाख अनुगमन भत्ता

रासस

कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले रु आठ लाख ५० हजार रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा मात्र अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको छ । 

गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो । नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो । नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले सो रकम भत्ताबापत बुझेको पाइएको हो । नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले रु ६३ हजार सात सय ५० बुझेको पाइएको हो । 

नगरप्रमुख अजय थापाले रु ५१ हजार, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले रु ५१ हजार, इन्जिनियर रामजी थापा नेपालीले रु ५१ हजार, लेखा अधिकृत रामचन्द्र मरासिनी रु ५१ हजार र खरिदार प्रेम वलीले रु ५१ हजार अनुगमन भत्ता बुझेको जनाइएको छ । यस्तै इन्जिनियर मोहन केसीले रु ४१ हजार छ सय ५०, लेखापाल रीता खनालले रु ४१ हजार छ सय ५०, ओभरसेयर सरोज भुसालले रु २८ हजार ५०,  शिव पराजुलीले रु २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले रु २६ हजार तीन सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले रु २४ हजार छ सय ५० बुझेको नगरपालिकाले जानकारी दिएको छ । 

यसैगरी ओभरसेयर अजय कुर्मीले रु २४ हजार छ सय ५०, गुरुप्रसाद चौधरीले रु २२ हजार नौ सय ५० र अमिन रोशन नेपालीले २१ हजार दुई सय ५० बुझेका छन् । वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले रु १५ हजार तीन सयका दरले अनुगमन भत्ता बुझ्नुभएको जनाइएको छ । वडाध्यक्ष नसिम अहमद खाँ र  माहेताब आलम खाँले रु १२ हजार सात सय ५० का दरले भत्ता बुझ्नु भएको हो ।

वडाध्यक्ष रिजवान अहमद खाँले रु १४ हजार चार सय ५०, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले रु आठ हजार पाँच सयका दरले भत्ता बुझेका नगरपालिकाले जनाएको छ । वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले रु २१ हजार दुई सय ५० अनुगमन भत्ता बुझेका छन् । यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई रु ३८ हजार दुई सय ५० र अधिकृत लक्ष्मी कँडेलले रु आठ हजार पाँच सय अनुगमन भत्ता बुझेका थिए । 

प्रतिक्रिया