समाचार १८ वैशाख २०८०
मास्टर सेफ अस्ट्रेलियाका प्रस्तोताको ४६ वर्षको उमेरमा निधन

एजेन्सी

अवार्ड विजेता सेफ तथा मास्टर सेफ अस्ट्रेलियाका प्रस्तोता जोक जोनफ्रिलोको ४७ वर्षको उमेरमा निधन भएको छ । उनले विश्वका चर्चित सेफ र रेस्टुरेन्टमा काम गरेका थिए । सन् २०१३ मा एडिलेडमा उनले आफ्नै रेस्टुरेन्टसमेत खोलेका थिए ।

अस्ट्रेलियाको व्यावसायिक टेलिभिजन नेटवर्क १० ले उनको निधनको पुष्टि गरेको छ । यसै दिन मास्टर सेफको २०२३ सिजन प्रिमियर हुँदै थियो । जोनफ्रिलोका श्रीमती र चार सन्तान छन् ।  

एक विज्ञप्ति जारी गर्दै उनको परिवारले भनेको छ, ‘धेरै शब्दले उहाँलाई वर्णन गर्न सक्छन्, धेरै कथाहरू भन्न सकिन्छ, तर यस समयमा हामी यसलाई शब्दमा राख्न असाध्यै अभिभूत छौँ । ’





प्रतिक्रिया