अपराध ३ वैशाख २०८१
करिब ४ तोला बराबरको सुनको गरगहना चोरी

ओमकार टाइम्स

आइतबार ।पोखरा महानगरपालिका-३३ बागमारा बस्ने अशोक तिवारीको घरमा सुनको गरगहना चोरी भएको छ ।

 घरको ढोकाको ताला फोडेर करिब ४ तोला बराबरको सुनको गरगहना आइतबार बेलुकी चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया