नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् । आज शुक्रबार पोखरास्थित कारागारमा सभापति रवि लामिछानेलाई भेट्न पुगेका भट्टराईले सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् । >
डा. बाबुराम भट्टराईले आफूहरूले नयाँ शक्तिको अभियान सुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा रविलाई चिनेको बताएका छन् । भट्टराईले रवि लामिछानेलाई अस्वभाविक रूपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको पनि बताएका छन् । डा.भट्टराईले सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठुला राजनीतिक दलहरूकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाएका छन् ।अन्त्यमा भट्टराईले सहकारी पीडितहरुलाई न्याय दिनुपर्नेमा जोड दिएका छन् । >>