मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

खेल २६ असार २०८१
युद्धग्रस्त राष्ट्र युक्रेनकी खेलाडीले तोडिन् ३७ वर्ष पुरानो कीर्तिमान

एजेन्सी

लामो समयदेखि रुससँगको युद्धमा होमिएको युक्रेनकी एक खेलाडीले विश्व एथलेटिक्समा ३७ वर्ष पुरानो कीर्तिमान भंग गरेकी छन् । हाई जम्पकी २२ वर्षीया युक्रेनी खेलाडी यारोस्लावा महुचिखले पेरिस डायमन्ड लिगमा कीर्तिमानी प्रदर्शन गर्दै इतिहासमा आफ्नो नाम लेखाएकी हुन् ।

यारोस्लावाले आफ्नो स्पर्धामा २.१० मिटरको उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उक्त स्पर्धामा उनले नै स्वर्ण पदक पनि हात पारिन् । त्यसअघि त्यो स्पर्धाको विश्व कीर्तिमान बुल्गेरियाकी खेलाडी स्टेफका कोस्टाडिनोवाको नाममा रहेको थियो ।

कोस्टाडिनोवाले सन् १९८७ मा रोममा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपमा २.०९ मिटरको प्रदर्शनसहित उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्व कीर्तिमान बनाएपछि उनी निकै भावुक बनेकी थिइन् ।

‘हामी खेल मैदानमा पनि आफ्नो देश, आफ्ना नागरिक र आफ्ना सैनिकका लागि लडिरहेका छौँ । हामी कुनै पनि क्षेत्रमा हार मान्दैनौँ भन्ने कुरा सिंगो विश्वलाई देखाउन चाहन्छौँ,’ कीर्तिमानी स्वर्ण जितेपछि यारोस्लावाले भनेकी छन् ।

यारोस्लावाले सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिकमा पनि कांश्य पदक जितेकी थिइन् । उनले अब आफ्नो लक्ष्य पेरिस ओलम्पिकमा केन्द्रित भएको पनि बताएकी छन् । उनले आफ्नो लक्ष्य पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्ने रहेको बताइन् ।

आफ्नो देश युक्रेन लामो समयदेखि युद्धको चपेटामा परेकाले यारोस्लावाले डायमन्ड लिग र पेरिस ओलम्पिकको तयारी विदेशमा गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुस र बेलारुसलाई ओलम्पिकमा सहभागी हुनबाट रोक लगाएर राम्रो निर्णय गरेको प्रतिक्रिया पनि दिएकी छन् । 

प्रतिक्रिया