बलिउडमा यतिबेला बिहेको सिजन चलिरहेको छ । एक पछि अर्को गर्दै धमाधम जोडीहरू बिहे बन्धनमा बाँधिरहेका छन् । >
यस्तोमा साेनाक्षी सिन्हाले पनि छिट्टै बिहे गर्न लागेको हल्ला चलिरहेको छ । अभिनेत्रीले लामो समयदेखि जहीर इकबाललाई डेट गरिरहेकी छिन् । यसैबिच सोनाक्षी र इकबालले बिहे गर्न लागेको खबर बाहिर आएको छ ।>
मिडिया रिपोर्टका अनुसार सोनाक्षी सिन्हाले यस वर्षको जुनमा इकबालसँग बिहे गर्दैछिन् । दुवैले आफ्नो सम्बन्धलाई अर्को मोडमा लैजान तयार छन् । अभिनेत्रीले इकबालसँग मुम्बईमा जुन २३ मा धुमधामको साथमा विवाह गर्न लागेका बताइएको छ ।>
बिहेको खबरले नायिकाका अभिनेत्रीका फ्यानहरु खुसी छन् । तर, हुने वाला बेहुला र बेहुली दुवैले बिहेको खबर अहिलेसम्म पुष्टि गरेका छैनन् । दुवैको परिवारले पनि विवाहबारे कुनै जानकारी दिएका छैनन् । रिपोर्टका अनुसार दुवै परिवारको सहमतिमा सोनाक्षी र जहीरले बिहे गर्दैछन् ।>
दुबैको वैवाहिक समारोह शिल्पा शेट्टीको रेस्टुरेन्ट बास्टियनमा हुने बताइएको छ । विवाहमा सोनाक्षीको परिवार र नजिकका साथीहरू सहभागी हुनेछन् । उनीहरूको विवाहको कार्ड पनि छापिइसकेको बताइएको छ । रिपोर्टका अनुसार विवाहको कार्ड पत्रिकाको कभर जस्तै छ । उनीहरूको बिहेमा को–को स्टारलाई बोलाइएको छ भन्ने पनि स्पष्ट भई नसकेको बताइएको छ ।>
>>