समाचार ४ पौष २०७९
७ सय भन्दा बढी नेपाली विदेशी जेलमा

ओमकार टाइम्स

 वैदेशिक रोजगारीमा गएका ७ सय भन्दा बढी नेपाली जेलमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ६९६ पुरुष र ३९ जना महिला गरेर ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् ।

सन् २०२१–०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना युनाइटेड अरब इमिरेट्स (यूएई)को जेलमा रहेका मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मन्त्रालयका अनुसार साउदी अरेबियाको जेलमा १२७ जना पुरुष र १ जना महिला गरेर १२८ जना, मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२०–०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा रहेका थिए ।

उक्त तथ्यांकलाई हेर्दा २०२०–०२१ को तुलनामा २०२१–०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार