मुख्य समाचार
कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती | आज काठमाडौँ जिल्ला अदालतमा छविलाल जोशीलाई उपस्थित गराइने | सुनको मुल्यमा सामान्य गिरावट | सुन्दरहरैँचामा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु | आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव |

समाचार २१ मंसिर २०८१
अमेरिकाको क्यालिफोर्निया शक्तिशाली भूकम्प

ओमकार टाइम्स

अमेरिकामा शक्तिशाली भूकम्प गएको छ।

क्यालिफोर्निया राज्यको फेर्नडेल सहरलाई केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बिहीबार बिहान १०:४४ बजे ७ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पबाट मानवीय र भौतिक क्षति भएको विवरण नआएको समाचार संस्था एशोसियटेड प्रेसले उल्लेख गरेको छ। पसल र मार्टहरूमा भने सामानहरू छरपस्ट भएका थिए।

क्षति नभएपनि त्यहाँका नागरिकहरूले धेरै सेकन्डसम्म जमिन हल्लिएको महशुस गरेका थिए भनेर एपीले लेखेको छ।

७.१ म्याग्नेच्युडको भूकम्पपछि स-साना कम्पनहरू गएका थिए।

बिहीबारको भूकम्पलाई सन् २०१९ पछिकै शक्तिशाली भनिएको छ। त्यतिबेला ७.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

भूकम्पपछि फर्नडेलको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो। 

प्रतिक्रिया

सम्बन्धित समाचार