मुख्य समाचार
कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती | आज काठमाडौँ जिल्ला अदालतमा छविलाल जोशीलाई उपस्थित गराइने | सुनको मुल्यमा सामान्य गिरावट | सुन्दरहरैँचामा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु | आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव |

समाचार ४ असार २०८०
गौरादह नगरपालिका : फोहोरबाट गैरकानुनी रुपमा मोहोर कमाउदै प्रशासकीय अधिकृत, `सेटिङ´मा ठेक्का

केदार खड्का

दमक । गौरादह नगरपालिकाले फोहोर ठेक्का प्रक्रियामा अनियमितता गरेको पाइएको छ । गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले ऐन र कानुनलाई मिचेर आर्थिक प्रलोभनमा परि नेपाल फुलवारी कम्पनीलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिएका हुन्।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा १५ले प्रष्ट रुपमा निजी क्षेत्र वा सामुदायिक क्षेत्रबाट  फोहोरमैला व्यवस्थापन गरादा अनिवार्य वोलपत्र आह्वान गरि ठेक्का प्रक्रियाबाट प्रतिस्पर्धा गराएर मात्र ठेकेदार कम्पनीलाई जिम्मा दिनु भनेर भन्दा भन्दै भट्टराईले आर्थिक प्रभावमा परेर नेपाल फुलवारी कम्पनीलाई बिना प्रतिस्पर्धा एकलौटी ढंगले ठेक्का दिएका छन्।

नगरपालिकाबाट मासिक ३ लाख २५ हजार रुपैयाँ तथा वार्षिक ४२ लाख रुपैयाँ ठेकेदार कम्पनीले पाउने गरि ऐन बिपरित नेपाल फुलबारी कम्पनीलाई ठेक्का दिएको हो।अझ रोचक कुरा त के छ भने फोहोर व्यवस्थापन आफैमा अति संवेदनशील बिषय हुदाहुदै कानुनी कुनै प्रक्रिया पूरा नगरी उक्त कम्पनीलाई नगरपालिकाले दुई बर्षसम्म ठेक्का दिनुले अधिकृत भट्टराई आर्थिक प्रभावमा परेका हैनन् भन्न सकिने ठाउँ देखिदैन ।

यसै सन्दर्भमा अधिकृत भट्टराईसंग ओमकार टाइम्स  प्रतिनिधिले जिज्ञासा राख्दा ` हामीले सबै प्रक्रिया पूरा गरेर उक्त कम्पनीलाई ठेक्का दिएको हो , प्रक्रिया पूरा नगरि ठेक्का दिएको भन्ने कुरा झुठो हो ।´ 

अधिकृत भट्टराईले प्रक्रिया पूरा नगरि ठेक्का दिएको कुरा झुठो हो भनेता पनि नेपाल फुलबारी कम्पनीका म्यानेजर तेज बहादुर कटुवाल भने ठेक्का बोलपत्रबाट प्रतिस्पर्धा गरेर लिएको  नभई आपसी समझदारीबाट ठेक्का लिएको कुरा स्वीकार गरेका छन् । 

यसरी ठेक्का प्रक्रियामा आर्थिक चलखेल गरेर फोहोरलाई पनि गैरकानुनी रुपमा कमाई खाने भाडोको रुपमा प्रयोग गर्दा समेत सम्बन्धित निकायको आँखा कहिले खुल्ला ? यस्ता अति संबेदनसिल बिषयहरु कहिले छानबिनको दायरामा आउलान् ? 

प्रतिक्रिया

[email protected] ५ असार २०८०, मङ्गलबार

Adhikari pays vandaima J ma Lago tyo Garna mildyna

रोहित सेन्चुरि ४ असार २०८०, सोमबार

यस्तै रहेछ यहाँको चलन ,,

रोहित सेन्चुरि ४ असार २०८०, सोमबार

यस्तै रहेछ यहाँको चलन ,,

सम्बन्धित समाचार