काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली चीन भ्रमणमा गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट चेम्बरले पनि सहभागिता जनाउन लागेको हो । भ्रमण टोलीमा अध्यक्ष राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरू दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधर रहेका छन् । >
भ्रमणका क्रममा चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे छलफल हुने अध्यक्ष मल्लले बताए । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीचका निजी क्षेत्रबीच दुई पक्षीय व्यापार सहजीकरण, पूर्वाधारमा लगानी लगायतका विषयमा छलफल हुँदैछ । नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर व्यापार सहजीकरण गर्ने विषय चेम्बरको प्राथमिकतामा रहेको बताए । >
नेपाल चीनबीच यसअघि भएको पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा चीनको निजी क्षेत्रसँग छलफल गर्ने चेम्बरले जनाएको छ । अध्यक्ष मल्लले भने, ‘चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङ जस्ता भन्सार नाकाहरूमा स्तरोन्नति गरिनुपर्दछ यो विषयलाई पनि उठान गर्नेछौँ, ।’>
अध्यक्ष मल्लले भन्सार नाकाहरूमा अन्तर्राष्ट्रियकरण क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपालबाट चीनमा वार्षिक २ खर्व रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।>
>
>>