नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चारमाध्यमहरूलाई सत्तारुढ दलहरूको मुखपत्र बनाइएको आरोप लगाएका छन् ।>
आज प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सञ्चारमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमहरू गोरखा पत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरूको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।>
सांसद सुवालले खुमलटारस्थित रेडियो नेपालको ५०औँ रोपनी जग्गा बिक्री गरेर करोडौँ कमिसन खाने काम भएको जिकिर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरूलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे । >
उनले विज्ञापनहरूको प्रकाशन तथा प्रशारण अनिवार्य रूपमा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । >
>>