मुख्य समाचार
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध | सिएनएनका सीईओ क्रिस लिच्टले दिए राजीनामा | तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान | नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाईयो | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा | नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु | प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी |

मनोरञ्जन २९ वैशाख २०८०
फर्किने बाचा गर्दै विपाश्यना ध्यान केन्द्रबाट बिदा भए आमिर खान

ओमकार टाइम्स

विपाश्यनाका लागि नेपाल आएका आमिर खान ध्यानलाई बीचमा छोडेर भारत फर्किएका छन् । आइतबार नेपाल आएका उनी शुक्रवार बिहान स्वदेश फर्किएका हुन् । 

बुढानीलकण्ठस्थित विपाश्यना ध्यान केन्द्रका सुशील शाहले उनी ध्यानलाई बीचमा नै छोडेर स्वदेश फर्किएको पुष्टि गरेका छन् ।  आमिर किन एकाएक भारत फर्किए भनेर सोधिएको  प्रश्नमा उनले मुम्बईबाट साथी बितेको खबर आएपछि ध्यानलाई बीचमा नै छोडेर भारत फर्किएकाे बताए ।

‘उनको ध्यान सकिन अझै पाँच दिन बाँकी थियो तर मिल्ने साथीको देहान्तको खबर पाएपछि उनले यसलाई बीचमा नै रोक्ने निर्णय गरे । उनी छिटोभन्दा छिटो मुम्बई फर्कन चाहन्थे,’ उनले भने ।

‘फर्किने बेलामा आमिरले पुनः आउने बाचा गरेका छन् । अर्को पटक परिवारसहित आउने इच्छा देखाउँदै उनी हामीबाट बिदा भए,’ सुशीलले भने । 

आमिर आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनी शुक्रवार बिहान १०:५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार