स्वास्थ्य २९ असोज २०७९
सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या बढेर ६६७ पुग्यो

ओमकार टाइम्स

देशभर थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४५ तथा एन्टिजेन विधिबाट ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ६६७ पुगेको छ । यता ३० हजार ८७६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार