समाचार विचार राजनीति १ कार्तिक २०७९
व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुन चाहन्छु : उद्योगपति चौधरी

ओमकार टाइम्स

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति  विनोद चौधरी नवलपरासी–१ का मतदाताका घरमा चुनावी प्रचारमा छन् । निर्वाचनलाई लक्षित गर्दै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा पुगेको उनले बताउने गरेका छन् । 

अर्बपति चौधरीले आफ्नो जीवनको ६५ वर्षमा कहिल्यै फेल नभएको बताएका छन् । '६५ वर्षको उमेरमा कहिल्यै फेल नभएको म यहाँ बिकास गर्छु भनेर आएको छु, व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुने विश्वास म मा छ, उनले भने। 

अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेर आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाइ छ । उनले भने 'विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन  राख्नुपर्ने भएकाले म राजनीति आएको हु ।'

कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारे जसरी नै राजनीतिमार्फत देशलाई  सफल बनाउने चौधरी बताउँछन् । एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ । 

नवलपरासी–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका चौधरीको  जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीसँग मुख्य प्रतिस्पर्धा हुने भएको छ । 

प्रतिक्रिया