मुख्य समाचार
डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए | राष्ट्रिय स्वतन्त्र पार्टीले रविलाई अन्याय भएको भन्दै गुहार्‍यो मानवअधिकारकर्मी | एनपिएलकै छिटो अर्धशतक प्रहार गरे पोखराका आन्द्रेस गौसले | सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा गुरुङ पक्राउ | न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु | एनपिएलमा कर्णाली याक्सको पहिलो जित | भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँमा | सुनकाे मुल्यमा गिरावट | अमेरिकाको क्यालिफोर्निया शक्तिशाली भूकम्प | बोपाराको अर्धशतकमा चितवनले कर्णालीविरूद्ध जोड्यो १३० रन |

लिफ्ट भत्किएर खानीमा फसेका १४ जनाको सकुशल उद्धार

एजेन्सी

राजस्थान । राजस्थानको झुन्झुनुस्थित कोलिहान खानीमा लिफ्ट भत्किएर फसेका १४ जनाको सकुशल उद्धार गरिएको छ । झुन्झुनु सरकारी अस्पतालका नर्सिङ स्टाफले सबै जना सुरक्षित रहेको समाचार एजेन्सी एएनआईलाई जानकारी दिएका हुन् ।

केहीको हातखुट्टा फ्रयाक्चर भएको छ। १४ जनामध्ये ३ जनालाई भने कुनै चोटपटक छैन। सिँढीको सहायताले उद्धार गरिएको छ,’ उनीहरुको भनाई छ ।

यसैबिच, समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै सबैलाई उद्धार गरिएको बताएको छ। तीन जना गम्भीर घाइते भएका छन्, जसलाई खानीबाट निकालेर जयपुरको अस्पतालमा पठाइएको छ। बाँकी मानिसलाई पनि बाहिर निकाल्ने काम भइरहेको छ ।

हिन्दुस्तान कपर लिमिटेड (एचसीएल) को तामा खानीमा मंगलबार राति दुर्घटना भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार यो लिफ्ट अधिकारीहरूको ढुवानीका लागि थियो। एचसीएलको सतर्कता टोली केही वरिष्ठ अधिकारीसहित खानीमा निरीक्षणका लागि गएको थियो । तर जब तिनीहरू माथि आउन थाले, लिफ्टको डोरी चुँडिएपछि र अधिकारीहरू त्यहाँ फसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार