मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

अन्तर्राष्ट्रिय २४ असार २०८१
जाेन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा गरे संन्यासको घोषणा

एजेन्सी

अमेरिकी अभिनेता तथा रेस्लर जाेन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा संन्यासको घोषणा गरेका छन् । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमका दौरान सिनाले दर्शकसामु यस्तो घोषणा गरेका हुन् ।

सिनाले सन् २०२५ मा आफूले अन्तिम प्रतियोगितामा भाग लिने जानकारी दिए । ४७ वर्षीय रेस्लर सन् २००१ मा डब्लूडब्लूईमा आबद्ध भएका थिए ।  उनी इतिहासकै सबैभन्दा लोकप्रिय रेस्लरमध्ये एक हुन् । उनले १६ पटक डब्लूडब्लूईको वर्ल्ड च्याम्पियनसिप जितेका छन् ।

सिनाले सन् २०२५ मा आयोजना हुने रेसलमेनिया उनको अन्तिम प्रतियोगिता हुन सक्ने सङ्केत गरेका छन् । उनको घोषणापछि टोरन्टोका दर्शकले ‘धन्यवाद सिना’ भन्दै नारा लगाएका थिए ।

डब्लूडब्लूईबाहेक सिनाले हलिउडका चलचित्रहरू पनि खेलेका छन् । सन् २००६ मा द मरिनमार्फत उनले अभिनयमा डेब्यू गरेका थिए । त्यसपछि उनले ट्रेनरेक (२०१५), द सुसाइड स्क्वाड (२०२१), फास्ट एन्ड फ्युरियस ९ (२०२१) का साथै डीसी सुपरहिरो टिभी सिरिज पिस मेकरमा काम गरेका छन् ।

चलचित्रमा अभिनय गर्न थालेपछि उनले सन् २०१८ यता डब्लूडब्लूईमा पार्ट टाइम मात्र काम गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

Milan २५ भाद्र २०८१, मङ्गलबार

https://ledger.com.ru