मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

मनोरञ्जन २३ जेठ २०८१
अस्ट्रेलियामा कालीप्रसाद र साकारको कन्सर्ट हुने

ओमकार टाइम्स

गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा, र्यापर साकार र एक्सिस ब्यान्डले छुट्टाछुट्टै मितिमा अस्ट्रेलियाका ७ सहरमा कन्सर्ट गर्ने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्कको व्यवस्थापन तथा अस्ट्रेलियाको स्थानीय आयोजक हुल्या इभेन्ट्स एन्ड स्ट्रेट आउटा हिमालयजको आयोजनामा काली, साकार र एक्सिसले कन्सर्ट गर्न लागेका हुन् ।

स्थानीय आयोजकका अनुसार एक्सिसले ‘रोड टु २४–अस्ट्रेलिया टुर’ नामक कन्सर्ट जुलाई ३ देखि आठ सहरमा कन्सर्ट गर्नेछ । ब्यान्ड एक्सिसको ‘ब्ल्याक एन्ड ह्वाइट’, ‘माफ गर’, घर गाउँ’ र ‘पाइला’ एल्बम बजारमा आइसकेका छन् । ब्यान्डले सात वर्षपछि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो । ब्यान्डले अस्ट्रेलियामा ‘अधुरो प्रेम’, ‘माफ गर’, ‘मुस्कान’, ‘एकचोटी’, ‘मेरो प्रेम’, ‘पाइला’ लगायतका गीत सुनाउनेछ ।

गत फेब्रुअरी १४ मा ब्यान्डले चितवनको सौराहामा कन्सर्ट गरेको थियो । ब्यान्डमा सन्दीप विश्वकर्मा (भोकल), अमूल्य श्रेष्ठ (ड्रम) छन् भने गीतारमा निखिल सिकर्मी, रोशन लामा र सजिन महर्जन छन् । उनीहरुले अस्ट्रेलिया टुरअघि यही जुनमा लाइभ शो मार्फत ‘घर गाउँ’ र ‘पाइला’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्दैछन् ।

‘लिटिल बुद्ध’ का रूपमा परिचित ¥यापर साकारले अस्ट्रेलियाबाट ‘डेब्यू’ साङ्गीतिक टुर गर्न लागेका हुन् । उनी अगस्ट १० देखि अस्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दैछन् । उनको टिममा क्यारे महर्जन (ड्रमर) र निरज बराइली (सुट डिरेक्टर एन्ड कन्सोल हेड) रहनेछन् । क्यारे नेपाली सङ्गीत क्षेत्रमा चिनिएका र अनुभव ड्रमर हुन् । उनले केन्जल मेहर श्रेष्ठ र सोमिया बराइलीको लाइभ शोमा साङ्गीतिक सहकार्य गरिसकेका छन् ।

साकारले हालैमात्र ‘नेप–हप ड्रिप’ नामक गीत सार्वजनिक गरेका थिए । यो गीत युट्युब ट्रेन्डिङको १३ औं नम्बरमा छ ।

गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा यसै वर्षदेखि नेपाली सङ्गीत क्षेत्रमा १५ औँ वर्ष बिताउँदैछन् । उनले सेप्टेम्बर १५ देखि ‘१५ इयर्स अफ कालीप्रसाद बासकोटा’ नाममा अस्ट्रेलिया टुर गर्दैछन् ।

कार्यक्रम व्यवस्थापनमा १७ वर्षदेखि सक्रिय पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् । उनीहरुले नेपथ्यदेखि बालेन (हाल काठमाडौँ महानगरपालिका मेयर), झिल्के एन्ड द कम्पनीसम्मका सङ्गीतका तीन पुस्ताको कार्यक्रमको व्यवस्थापन गरेको अनुभव संगालिसकेका छन् ।

पीभीई नेटवर्कका सीईओ विकेश कायस्थले अस्ट्रेलियाको हुल्य इभेन्ट्स एन्ड स्ट्रेट आउटा हिमालयजसँगको सहकार्यमा अस्ट्रेलियामा रहेका नेपाली तथा विदेशी दर्शकलाई कलाकारको प्रस्तुति मात्र नभई लाइभ कोरियोग्राफ शैली अपनाएर मनोरञ्जन दिने तयारी भइरहेको बताए ।

प्रतिक्रिया