मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

समाचार २ असोज २०८०
विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन सरकारको आह्वान

ओमकार टाइम्स

काठमाडौँ । सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । मन्त्रालयले महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गरेको छ । 

'नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथाशक्य विधेयकमा समावेश गरिएको छ',  मन्त्रालयका सहसचिव भगवान् अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् । महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न नेपाल सरकार तयार नै छ ।'

मन्त्रालयले मंगलबार दिउसो ३ बजे मन्त्री अशोक राईको संयोजकत्वमा हुने वार्तामा आउन महासंघलाई आग्रह गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार