मुख्य समाचार
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा | सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ? | हल्दिबारीका विपन्न नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क | प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान | गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन | जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु | बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते | आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी | शिक्षकहरूले अघि सारेको यी माग : जो सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्छ | मलङ्गवामा दुई समुदायबीच फेरि झडप, निषेधाज्ञा जारी |

समाचार २७ श्रावण २०८०
आज विश्व हात्ती दिवसको अवसर चितवनका हात्तीलाई वनभोज

ओमकार टाइम्स

चितवन । सौराहामा आज विश्व हात्ती दिवसको अवसर पारेर ६५ वटा हात्तीलाई वनभोज खुवाइएको छ ।

१२औँ विश्व हात्ती दिवसको अवसरमा पारेर यहाँ पालिएका सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाको आयोजनामा हात्तीलाई लस्करै राखेर खिर, केक सहित वनभोज खुवाइएको वनभोज कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । वनभोजमा चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी लगायत खुवाइएको उनले बताए ।

कार्यक्रममा चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले नेपालमा हात्तीको अवस्था, महत्त्व, रहनसहन र स्याहार सुसारको विषयमा जानकारी गराएका थिए ।

प्रमुख संरक्षण अधिकृत पुर्जापुनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको बताए ।

सरकारले निजी स्तरमा पालेको हात्तीहरूको विवरण संकलन गरिरहेको भन्दै नेपालमा १ सय ५० वटा हात्ती निजी स्तरमा पालेका हात्ती रहेको उनले जानकारी दिए ।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् ।

प्रतिक्रिया