समाचार २५ जेठ २०८०
लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दै

ओमकार टाइम्स

बुटवल । लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  गर्ने भएका छन् । केबलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान हेलिकोप्टरबाट बुटवल आउने कार्यक्रम तय भएको छ । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले  प्रधानमन्त्री  साँढे १० बजे  बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउने र त्यसपछि  केबलकार उद्घाटन बुटवलको वमधाटमा गर्ने  बताए । केबलकार पुग्ने स्थान पाल्पाको तिनाउ गाउँपालिका वार्ड ३ बसन्तीपुरमा टप स्टेसन सम्बोधन गर्ने  कार्यतालिका  रहेको छ । 

प्रधानमन्त्रीसँगै पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि सँगै आउने छन् ।  साढे ३ अर्ब लगानीमा  बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते  गरेका थिए ।

आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै बनेको केबलकारको टप स्टेसनमा कामाख्यादेवीको आकर्षक मन्दिर सहितका धार्मिक संरचनाहरू बनेका छन् । 






प्रतिक्रिया

सम्बन्धित समाचार