मुख्य समाचार
मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आयाे | अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु |

अन्तर्राष्ट्रिय ३० भाद्र २०८०
‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’

एजेन्सी

एजेन्सी । नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् । 

गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड  दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन् ।

फ्रान्सेली राष्ट्रपतिले राजदूत, सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताउनुभएको छ । सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । 

राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा (भिसा) खारेज गर्दै उनलाई निष्काशन गर्न प्रहरीलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार