बेइजिङ । दक्षिण पश्चिम चीनको एक अस्पतालमा चक्कु परारको घटनामा कम्तीमा पनि २ जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् । >
यो घटना स्थानीय समयअनुसार दिउँसो १३ः२० बजेतिर युनान प्रान्तको चेनसिओङ पिपुल्स अस्पतालमा घटेको सरकारी समाचार माध्यमहरूले बताएका छन् । आक्रमणमा २३ जना घाइते भएको बताइएको छ । घाइतेको सङ्ख्या घटबढ हुन सक्ने समाचारमा भनिएको छ । >
चीनको द पेपरले सार्वजनिक गरेको एक तस्वीमार कालो पोसाकमा आएका एक पुरुषले दुवै हातमा चक्कु लिएको देखिएको छ । सो तस्बिरमा आक्रमणकारीको अगाडि एक अर्का पुरुष उभिरहेका थिए ।>
द पेपरमा सार्वजनिक अर्को तस्बिरमा प्रहरीका सवारी साधन र एक दर्जन प्रहरी अधिकारीहरू अस्पताल बाहिर उभिएका छन् । आक्रमणकारी पक्राउ परेको खबर पनि आइरहेको छ । तर यसको विवरणहरू स्पष्ट छैन । चीनमा हातहतियारहरू प्रतिबन्धित छन् । तर हालैका वर्षमा त्यहाँ चक्कु प्रहारका घटना बढेका छन् । गएको वर्ष अगस्टमा चक्कु प्रहारका घटनामा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए । जुलाईमा पनि चक्कु प्रहारकै घटनामा तीन बालबालिकासमेत ६ जनाको हत्या भएको थियो ।
>>