मुख्य समाचार
डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए | राष्ट्रिय स्वतन्त्र पार्टीले रविलाई अन्याय भएको भन्दै गुहार्‍यो मानवअधिकारकर्मी | एनपिएलकै छिटो अर्धशतक प्रहार गरे पोखराका आन्द्रेस गौसले | सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा गुरुङ पक्राउ | न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु | एनपिएलमा कर्णाली याक्सको पहिलो जित | भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँमा | सुनकाे मुल्यमा गिरावट | अमेरिकाको क्यालिफोर्निया शक्तिशाली भूकम्प | बोपाराको अर्धशतकमा चितवनले कर्णालीविरूद्ध जोड्यो १३० रन |

खेल २५ जेठ २०८१
टी–२० विश्वकप : नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्यान्ड विजयी

ओमकार टाइम्स

आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्ड विजयी भएको छ । समूह चरणको खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हाे । ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो ।  

नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । कप्तान जेरार्ड एरास्मसले अर्धशतकीय पारि खेले । उनले ३१ बल खेलेका उनले ५ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए । जेन ग्रिनले २८, निकोलस डाभिनले २०, डेभिड विसेले १४ र जान फ्रेलिन्कले १२ जोडे । स्कटल्यान्डका ब्राड ह्विलले ३, ब्रेड करीले २ तथा क्रिस सोल, क्रिस ग्रिभ्स र माइकल लिस्कले एक एक विकेट लिए ।

जवाफमा स्कटल्याण्डका जर्ज मुन्से ७ रन बनाएर आउट भएका थिए । उनले १५ बल फेस गेका थिए । मिचेल जोन्सले २० बलमा २६ रन बनाएर पभेलियन दोस्रो विकेटको रुपमा फर्किए ।  ब्रेन्डन म्याकुलम १७ बलमा १९ रन जोडेर आउट हुँदा स्कटल्यान्डले ६७ रनमा तेस्रो विकेट गुमाएको थियो । कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन र माइकल लिस्कले १७ बलमा ४ चौकाको मद्दतले ३५ रन बनाएपछि खेल स्कटल्याण्डको पक्षमा गएको थियो । अन्त्यमा क्रिस ग्रेभ्सले ४ रनको नटआउट पारि खेले ।

नामिबियाका हेरार्ड एरास्मस २, रेविन ट्रम्पलम्यान, टानगेनी लुन्गामेनी र बर्नार्ड स्कोल्जले समान एक एक विकेट लिए ।  जितसँगै स्कटल्यान्ड समूह बीमा शीर्ष स्थानमा रहेको छ । स्कटल्यान्ड र इंग्ल्याण्डबिचको पहिलो खेल वर्षाका कारण रद्द भएकाले दुवै टिमले अंक बाँडेका थिए । यही समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, नामिबया र ओमान छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार