मुख्य समाचार
आजको राशिफल : २०८० साल असोज ५ गते शुक्रबार | शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति |

राजनीति २० चैत्र २०७९
अधिवक्ता युवराज सफल रिट लिएर आइतबार सर्वोच्च पुगे

ओमकार टाइम्स

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता युवराज सफल रिट लिएर आइतबार सर्वोच्च पुगेका थिए । अध्ययनपछि सोमबार रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । ६ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिनुअघि सोही दिन महाध्यायधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचालउने निर्णय गरेका थिए ।

अमेरिकी नागरिकता कायम रहकै बेला लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा नेपाली राहदानी लिएका थिए । नागरिकता प्रकरणमा भने लामिछाने दोषी ठहर भई उपप्रधानमन्त्री र सांसद पदबाट पदमुक्त भएका थिए । त्यसपछि उनले १५ माघमा नेपाली नागरिकता पुनः प्राप्त गरेका थिए । र सोही दिन राहदानी पुगेर त्यसअघि बनाएको नेपाली राहदानी फिर्ता गरेका थिए ।

यो प्रकरणमा छाननिबन गरी मुद्दा चलाउन भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा चलाउनुनपर्ने प्रतिवेदन दिएका थिए । त्यसपछि महान्यायधिवक्ता पोखरेलले मुद्दा नचलाउने निर्णय लिएका थिए । नागरिकता प्रकरणमा लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने अधिवक्ता सफलले राहदानी प्रकरणमा पनि रिट दायर गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार