मुख्य समाचार
सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको :अर्थमन्त्री डा.प्रकाशशरण महत | जेठ २७ र २८ गते काठमाडौंमा निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने | आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन |

समाचार राजनीति ९ जेठ २०८०
बागमती प्रदेशसभा : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेश

ओमकार टाइम्स

मकवानपुर । बागमती प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको क्षेत्र सम्बन्धी प्रस्ताव पेश गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको क्षेत्र सम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।

उनले पेश गरेको उक्त प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठकले स्वीकृति समेत दिएको छ । उक्त प्रस्तावमाथि बुधबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ ।

प्रदेश सरकारले संविधानमा परिकल्पना गरे अनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा आगामी बजेट तर्जुमा गरिने, प्रदेशको संस्थागत विकास र संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर दायित्व पूरा गर्न बजेट केन्द्रित रहने मन्त्री लामाले बताए ।

सार्वजनिक सेवा प्रवाहमा प्रदेश सरकारले गर्ने लगानी अभिवृद्धि गर्ने, प्रदेशमा आर्थिक असमानता न्यून गर्ने, पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमा विकास गरिने, पर्यटन क्षेत्रमा रोजगारीका अवसर निर्माणमा बजेट केन्द्रित हुने, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रसँग थप सहकार्य गर्ने, विपद् जोखिम न्यूनीकरण र उद्यमशीलता विकासमा बजेट विनियोजन गर्ने, भौतिक विकासमा विपद् व्यवस्थापनलाई आन्तरिकरणमा बजेट केन्द्रित रहने उनले बताए । 

प्रतिक्रिया