मुख्य समाचार
नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु | प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी | भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर | पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने | आजको राशिफल : २०८० साल जेठ २५ गते बिहीबार | राजस्व कार्यालय दमक कै संरक्षणमा कर छलि गर्दै डेन्टल हस्पिटल |

समाचार खेल ११ जेठ २०८०
२२ सदस्यीय पिकलबल टोली भारत प्रस्थान

ओमकार टाइम्स

काठमाडौँ । पिकलबल खेलमा सहभागी हुन १५ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली भारतको सिक्किम प्रस्थान गरेको छ । नेपाली टोलीले जेठ १३ र १४ गते सिक्किमको पाकयोङमा आयोजना हुने ‘सिक्किम ओपन पिकलबल च्याम्पियनसिप’ मा सहभागिता जनाउने छ । नेपाली टोलीलाई एक कार्यक्रमबीच पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारी र विशाल मिलन केन्द्रका अध्यक्ष हरि अधिकारीले शुभकामनासहित जर्सी हस्तान्तरण गरेर बिदाई गरे । न्यू लक्ष्मी ज्वेलर्स यूके र थ्रेड गार्मेन्टले खेलाडीलाई जर्सी तथा खेल सामाग्री सहयोग गरेका छन् ।

समाजसेवी तथा न्यु लक्ष्मी ज्वेलर्स यूकेकी सञ्चालिका लक्ष्मी राईले नेपालमा पिकलबल खेलको विकास गर्न आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । विश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । पिकलबल एशोसियसन नेपालले गत मार्चमा काठमाडौंमा प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विभिन्न देशका ५ दर्जनभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले २ वटा स्वर्ण पदक जितेको थियो ।

यसैगरी पिकलबल एशोसिएसन नेपालले सन् २०२४ को मार्चमा काठमाडौँमा अन्तर्र्राष्ट्रिय प्रतियोगिता आयोजनाको तयारी गरिरहेको र उक्त प्रतियोगितामा २ दर्जनभन्दा बढी देशका खेलाडीहरु सहभागी हुने जानकारी पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले दिए । 

प्रतिक्रिया