मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

अन्तर्राष्ट्रिय ११ मंगशिर २०७९
विश्वकप गोलको असिस्टमा मेस्सीको विश्व कीर्तिमान

ओमकार टाइम्स

दोहा– अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी पाँचवटा विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्। कतार विश्वकपअन्तर्गत शनिबार समूहको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराउँदा मेस्सीले एक गोल गरे भने अर्को गोलमा असिस्ट गरे।

उनले ८७ औँ मिनेटमा इन्जो फर्नान्डेजको गोलमा असिस्ट गरेका थिए। मेस्सीले यसअघि सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा पनि गोलका लागि असिस्ट गरेका थिए। सन् २००६ को विश्वकपमा उनले सर्बियाविरुद्ध गोल र असिस्ट दुवै गरेका थिए। त्यस खेलमार्फत उनी विश्वकपको एकै खेलमा गोल र असिस्ट दुवै गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।

मेस्सीले सन् २०१० को विश्वकपमा गोल गर्न नसकेपनि एउटा असिस्ट गरेका थिए। सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनल पुग्दा मेस्सीले ४ गोल र एक असिस्ट गरेका थिए। चार वर्षअघि रुसमा आयोजित विश्वकपमा उनले एक गोल र दुई असिस्ट गरेका थिए।

शनिबार मेक्सिकोविरुद्ध प्राप्त सफलतामा उनी विश्वकप इतिहासमा एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा ज्येष्ठ खेलाडी पनि बनेका छन्। मेस्सीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ९३ गोल गर्नेक्रममा ५३ वटा असिस्ट पनि गरेका छन्। कोपा अमेरिकामा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान मेस्सीकै नाममा छ।

पाँच विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान भने क्रिस्टियानो रोनाल्डोको नाममा छ। रोनाल्डोले सन् २००६ देखिका हरेक विश्वकपमा गोल गरेका छन्। विश्वकपमा मेस्सी र रोनाल्डोले हालसम्म समान ८ गोल गरेका छन्।

प्रतिक्रिया