मुख्य समाचार
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो | रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता |

अन्तर्राष्ट्रिय २८ पौष २०७९
अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला, २० जना हताहत

ओमकार टाइम्स

काबलु । अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ । आक्रमण स्थलनजिक  टर्की र चीनलगायत धेरै देशका दूतावास छन् ।

इस्लामिक स्टेट समूहको स्थानीय शाखा इस्लामिक स्टेट– खोरासान प्रान्त (आईएस–के) ले टेलिग्राममा एक पोस्टमा आक्रमण गरेको दाबी गरेको छ ।

प्रहरीले कम्तिमा पाँच सर्वसाधारणको मृत्यु भएको बताएको छ तर तालिबानका अर्का एक अधिकारीले २० जनाको ज्यान गएको बताएका छन् ।

आक्रमणबारे तालिबान अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् ।आक्रमणको समयमा चिनियाँ प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयको भवनभित्र अफगान अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम थियो ।

आक्रमणमा कम्तीमा ४० जना घाइते भएका प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रतिक्रिया