मुख्य समाचार
कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा एक दम्पत्तीलाई पक्राउ | संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जान प्रचण्ड तयार | सिमलताल स्थित त्रिशूलीमा खसेको बसमा सवार यात्रुहरुको नामावली | मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा २ जना बालिकाकाे मृत्युु | सुनको मूल्यले बनायो नयाँ रेकर्ड | जन्ती बोकेको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु | प्रस्तावित निर्वाचन आयोगको आयुक्त प्रधानबाट पीडित महिलालाई कांग्रेस नेतृ भट्टको धम्की | कास्कीका बिभिन्न स्थानमा पहिराे जादा ९ जनाकाे मृत्युु | आजकाे माैसम : देशभर साधरणतया बदली | विश्वको पहिलो मिस एआईमा केन्जा लेली घोषित |
मुख्य समाचार
कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा एक दम्पत्तीलाई पक्राउ | संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जान प्रचण्ड तयार | सिमलताल स्थित त्रिशूलीमा खसेको बसमा सवार यात्रुहरुको नामावली | मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा २ जना बालिकाकाे मृत्युु | सुनको मूल्यले बनायो नयाँ रेकर्ड | जन्ती बोकेको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु | प्रस्तावित निर्वाचन आयोगको आयुक्त प्रधानबाट पीडित महिलालाई कांग्रेस नेतृ भट्टको धम्की | कास्कीका बिभिन्न स्थानमा पहिराे जादा ९ जनाकाे मृत्युु | आजकाे माैसम : देशभर साधरणतया बदली | विश्वको पहिलो मिस एआईमा केन्जा लेली घोषित |

२६ श्रावण २०८०
१३ जिल्लाका गाईभैसीलाई लम्पी स्कीन रोग विरुद्ध खोप

ओमकार टाइम्स

मकवानपुर । बागमती प्रदेशमा लम्पी स्कीन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरिएको छ । बिहीबारबाट सुरु भएको खोप अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका गाईभैसीलाई लम्पी स्कीन रोग विरुद्ध खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार प्रदेशका ४ हजार ४६७ गाईभैसीमा रोग विरुद्धको खोप लगाइएको छ। अभियान अन्तर्गत पहिलो दिन प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा बढी चितवनमा १ हजार १६ गाईभैसीमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

उनका अनुसार अभियान अन्तर्गत मकवानपुरमा ७२४ पशुहरुमा खोप लगाइएको छ भने सिन्धुपाल्चोकमा २७५, रामेछापमा २४२, रसुवा ७५, नुवाकोट १९८, काभ्रेमा ६९८, धादिङमा १८१, भक्तपुरमा २०७, ललितपुरमा ११९, काठमाडौं ३७९ र सिन्धुलीमा ३५३ पशुमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ ।

दोलखामा भने खोप अभियान अन्तर्गत खोप लगाउने कार्यक्रम सुरु भएको छैन । अभियान अन्तर्गत सो जिल्लाहरुको गाईभैसी, गोरु, साँढे, राँगा, पाढापाढी र बाच्छाबाच्छीलाई खोप लगाइएको उनले बताए । उनका अनुसार चितवनमा ७१९ गाई, १०४ बाच्छाबाच्छी २६ साँढे, १५७ भैसी र १० पाढापाढीमा रोग विरुद्ध खोप लगाइएको छ भने सिन्धुपाल्चोकमा ११५ गाई, १४९ गोरु र ११ भैसीलाई रोग विरुद्धको खोप लगाइएको छ ।

त्यस्तै रामेछापमा ११७ गाई, ९ बाच्छाबाच्छी, साँढे ९६, भैंसी १४ र ६ पाढापाढीमा खोप लगाइएको छ । काभ्रेमा २२२ गाई, बाच्छाबाच्छी २२, गोरु ९७, भैसी २४०, राँगा १२ र पाढापाढी १०५ मा खोप लगाइएको छ । धादिङमा १०२ गाई, ६३ बाच्छाबाच्छी र १६ गोरुमा खोप लगाइएको छ । 

भक्तपुरमा १५३ गाई, ३५ बाच्छाबाच्छी, १५ भैसी र ४ पाढापाढीमा खोप लगाइएको छ । ललितपुरमा ८९ गाई, १२ बाच्छाबाच्छी, १२ भैसी र ६ पाढापाढीमा खोप लगाइएको छ । काठमाडौं ३१७ गाई, ४१ बाच्छाबाच्छी, १२ भैसी र ९ पाढापाढीमा खोप लगाइएको छ । सिन्धुलीमा १८८ गाई, ७६ बाच्छाबाच्छी, ७४ साँढे, ११ भैसी र ४ पाढापाढीमा खोप लगाइएको छ ।

खोप अभियान अन्तर्गत ५० हजार पशुमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइने उनले बताए । प्रदेशका सम्बन्धीत जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाटसुरु गरिएको खोप अभियान साउन ३२ गतेसम्म संचालन हुने सूचना अधिकारी अधिकारीले बताए ।

प्रदेशमा तीव्र रुपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि अभियान अभियान अन्तर्गत खोप लगाइने उनको भनाई छ । प्रदेशमा १० लाख ९९ हजार ५६० गाई र ८ लाख ९६ हजार २१३ भैँसी रहेको र वार्षिक ४ लाख ५५ हजार १४१ मेट्रिक टन दूध उत्पादन हुने गरेको र लम्पी स्किन रोगको संक्रमणका कारण गाईभैंसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आउने गरेको उनले बताए ।

हाल प्रदेशमा लम्पी स्किन रोगबाट संक्रमित पशुको बिरामी हुने दर १०.२७ प्रतिशत रहेको उनको भनाई छ । त्यस्तै संक्रमणबाट मृत्यु हुने पशुको संख्या ३.१ प्रतिशत छ ।

लम्पी स्किन रोगबाट बागमती प्रदेशका १३ जिल्लामा ६ हजार २९१ गाईभैंसीको मृत्यु भएको छ भने १ लाख १० हजार ४४० संक्रमित भएका छन् । रोगबाट १३ जिल्लाका २ लाख ४ हजार ९८८ पशु प्रभावित भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार