मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

स्थानीय समाचार २९ चैत्र २०७९
कुतियाकवरमा जहिल्यै बाढीको त्रास

ओमकार टाइम्स

कञ्चनपुर । तीनतिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन्, “सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।” उनले बर्खा सुरुभएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताइन् ।

“गतवर्ष बाढीले बेसार र तरकारीखेती पुरियो”, सुनारले भनिन्, “बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गए ।” यहाँ ४९ परिवारको बसोबास छ । अधिकांश युवा रोजगारीलाई भारत पसे । गाउँमा भएका तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन् । “हामीले यहाँ डरैडरमा बाँच्नु परेको छ ।” 

स्थानीय वसन्ती सुनारले भनिन्, “हाम्रो बस्ती अन्यत्र सारिदिए राम्रो ।” बाढीले यहाँको विघौँ जग्गा बगरमा परिणत गरेको छ । भारतबाट ट्र्याक्टर नआउँदा गहु थे्रसिङ गर्न समस्या छ । “नेपालबाट ट्र्याक्टर आउन जोगबुडा नदी तरेर आउनुपर्छ, नदीमा पानी बढे पनि हाम्रो गाउँमा ट्र्याक्टर आउन सकेको छैन ।” स्थानीय सरस्वती सुनारले भनिन्, “भारतबाट ट्र्याक्टर आउन दिँदैन नेपालबाट आउन नदीमा पानी बढेको छ ।” उनले समयमा गहु भित्र्याउन नपाएको बताइन् । 

यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ । बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नु पर्छ । स्थानीय टेकबहादुर सुनारले गहुँ थ्रेसिङ गर्न नपाएको गुनासो गरे। “हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ”, सुनारले भने, “बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र्याउने चिन्ता ।”

उनले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताए । जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज उद्दार लगायतका बारेमा समुदायस्तरमा नमुना अभ्यास प्रदर्शन गरिएको छ । बाढीको उच्च जोखिम रहेको बस्तीमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले बाढीबाट बच्ने उपाय र खोज उद्दार नमुना अभ्यास प्रदर्शन गरेको छ ।

सीमा सुरक्षा गुल्म देवीस्थानको तालिम प्राप्त टोलीले बिदाको बेला घर वरपरका सरसामान प्रयोग गरेर बाढीबाट बच्न सक्ने जनाउँदै जोगबुढा नदीमा नमुना अभ्याससमेत प्रदर्शन गरेको हो ।     बाढीबाट जोखिमयुक्त क्षेत्रका स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले तालिम प्राप्त टोलीद्वारा नमुना अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । 

दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर लिम्बूले बाढीबाट बच्न सशस्त्र प्रहरीले प्रदर्शनबाट स्थानीयवासीले  सिक्ने अवसर पाएको बताए । “नमुना अभ्यासबाट यहाँका स्थानीयलाई धेरै कुरा थाहा भयो”, उनले भने–“यसले विपद्को बेला आफू कसरी बच्न सकिन्छ जानकारी पाएका छन् ।” 

प्रतिक्रिया