मुख्य समाचार
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा | सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ? | हल्दिबारीका विपन्न नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क | प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान | गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन | जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु | बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते | आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी | शिक्षकहरूले अघि सारेको यी माग : जो सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्छ | मलङ्गवामा दुई समुदायबीच फेरि झडप, निषेधाज्ञा जारी |

समाचार २९ श्रावण २०८०
प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

ओमकार टाइम्स

काठमाडौँ । सुन तस्करीको छानविनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा एमालेले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ । बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ ।   

बैठक सुरु हुनासाथ एमाले सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए । एमाले सांसद उठिरहेकै बेला कांग्रेस सांसद सुनीलकुमार शर्मा पनि आसनबाट उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शर्मालाई आफ्ना कुरा छोटकरीमा राख्न समय दिए । 

सांसद शर्माले आफूले सुन तस्करीका नाइकेलाई पक्राउ गर्नुपर्छ भनेर बोलेपछि आफुलाई सरकारले पक्राउ गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागे । शर्मा बोलिसकेपछि सभामुखले एमाले सांसद मानबहादुर राईलाई बोल्न दिए । राई बोल्न लाग्दा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेले शर्माको अभिव्यक्तिप्रति आपत्ति

जनाउदै संसदको रेकर्डबाट हटाउन माग गरे । राई बोलिसकेपछि सभामुखले बैठकलाई कार्यसूची अनुसार अघि बढाउने तरखर गरेपछि एमाले सांसदहरु नाराबाजीमा उत्रिए । उनीहरुलाई आसन ग्रहण गर्न सभामुखले पटक पटक आग्रह गरेपनि नसुनेपछि र नाराबाजी नरोकिएपछि सभामुख घिमिरेले भदौ ३ गते सम्मका लागि बैठक स्थगित भएको घोषणा गरे । 

नेकपा एमालेले गत साउन १० गतेदेखि नियमित रुपमा सदन अवरोध गर्दै आएको छ । उसले तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र न्यायीक छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया