राष्ट्रिय समाचार २३ असोज २०७९
जनताको मन जित्ने काम गरेका छौं, जीत सुनिश्चित छः ईश्वर पोखरेल

ओमकार टाइम्स
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् । काठमाडौं ५ मा उम्मेदवारी दर्तापछि सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै उनले एमालेले जनताको मन जित्ने काम गरेको दाबी गरेका हुन् ।


उनले भने, ‘निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन । त्यसको आधारमा भनेको हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन् । हाम्रीले जनताको मन जित्ने काम गरेका छौं ।’

दलीय प्रणालीमा आफ्नो अभिमत प्रकट गर्न सबै स्वतन्त्र हुने उनले बताए । स्वतन्त्र उम्मेदवारहरूबारे आफू र एमालेले कहिल्यै नकारात्मक रुपमा नलिएकोसमेत नेता पोखरेलले बताए ।

एमाले आफ्नो कार्यक्रम, विचार र योजनाको साथ अघि सारेकाले जीत सुनिश्चित भएको उनले दोहोर्‍याए । यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए । अहिले कांग्रेसले युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार